चाडबाडमा हवाई भाडा : प्राधिकरणले सार्वजनिक गर्यो नयाँ दर

चाडबाडमा हवाई भाडा : प्राधिकरणले सार्वजनिक गर्यो नयाँ दर

काठमाडौं । चाडबाडमा यात्रुको चाप बढ्ने र हवाई भाडा महँगो हुने अवस्थालाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर तोकेको छ। प्राधिकरणका अनुसार तोकिएको नयाँ भाडा यसप्रकार छन् :

काठमाडौं–विराटनगर : ९,७८५ रुपैयाँ

काठमाडौं–भरतपुर : ४,६४३ रुपैयाँ

काठमाडौं–भद्रपुर : १२,११२ रुपैयाँ

काठमाडौं–जनकपुर : ५,४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६,६३५ रुपैयाँ

काठमाडौं–नेपालगन्ज : १३,१०३ रुपैयाँ

काठमाडौं–धनगढी : १७,५७९ रुपैयाँ

काठमाडौं–सिमरा : ३,९७८ रुपैयाँ

काठमाडौं–भैरहवा : ८,४६१ रुपैयाँ

काठमाडौं–राजविराज : ८,२१० रुपैयाँ

काठमाडौं–सुर्खेत : ९,०३० रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७,६३० रुपैयाँ

प्राधिकरणले तोकिएको दरभन्दा बढी रकम लिएर टिकट बिक्री गर्ने एयरलाइन वा एजेन्टविरुद्ध कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ।