डोटीमा मिनीट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु

डोटीमा मिनीट्रक दुर्घटना : चालकसहित तीन जनाको मृत्यु

काठमाडौं । डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा भीमदत्त राजमार्ग अन्तर्गत एक मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ।

मृतकहरूमा ट्रक चालक अर्जुन धामी रहेका छन्, जो बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका निवासी हुन्। अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माले जानकारी दिएका छन्।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।