आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु

आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु

काठमाडौं ।सरकारले आइतबारदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउन सुरु गरको छ ।

१२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन सुरु गरिएको हो । खोप अभियान मंसिर चार गतेसम्म चल्नेछ । खोप लगाउनका लागि सरकारले देशभर २४ वटा खोप केन्द्र तोकेको छ । सरकारले कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६३० मात्रा प्राप्त गरेको थियो । खोप सञ्चालन तथा व्यवस्थापनका लागि प्रत्येक खोप केन्द्रमा दुई जना खोप दिने स्वास्थ्यकर्मी, निगरानी तथा व्यवस्थापनका लागि एक चिकित्सक र अस्पतालको तथ्यांक हेर्ने व्यक्ति परिचालन गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ । फाइजरको खोप लगाउन थालिएको यो पहिलो पटक हो ।