

काठमाण्डौं, ३० असोज । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेलाई बोल्न र विदेश भ्रमण गर्न लगाएको बन्देजलाई उच्च अदालत हेटौडाले बाटो खोलिदिएको छ ।
पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी लामिछानेलाई चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान रोक लगाएकाे थियाे।त्यसविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए । आत्महत्या दुरुत्साहनको आरोप लागेका सञ्चारकर्मी लामिछानेले अब विदेश जादाँ अदालतको अनुमति लिनु नपर्ने भएको छ ।
आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र अर्का आरोपी युवराज कँडेललाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।