

रामचन्द्र दुलाल /राष्ट्रवाणी
सिन्धुपाल्चोक, ६ असाेज । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका चाकुबजारमा आयोजित कार्यक्रममा पूर्ब एमाले, माओवादी र राप्रपाबाट १ सय जना नेता तथा कार्यकर्ता कांग्रेस प्रबेश गरेका छन्।

भोटेकोशी ५ मार्मिङमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्ब सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा साबिक मार्मिङ गाविसबाट उनीहरु कांग्रेसमा प्रबेश गरेका हुन्।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ प्रदेश (क) का केन्द्रीय प्रतिनिधि मीनकृष्ण महर्जन र केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले १ सयभन्दा बढी नेकपाका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन्।
कांग्रेसमा प्रवेश गर्नेमा साविक मार्मिङ गाविसमा पूर्व एमालेबाट निर्वाचित साविक वडा नम्बर ३ का वडाध्यक्ष भिम ब शेर्पा,माओवादीका पूर्व वडा अध्यक्ष छोयल शेर्पा, वाइसीएलका वाइसिल क्षेत्रिय कोषाध्यक्ष सुब्बा तामाङ,राप्रपा पार्टी अध्यक्ष मार्मिङका न्हर्षु तामाङ्ग(होङग्रे)मण्डलीका पास्टर विनोद तामाङ लगायत छन् ।

कांग्रेस प्रवेश गर्नेमा श्याम कार्की, भीमबहादुर तामाङ, पुष्पा तामाङ, माया शेर्पा, केशाङ तामाङ, ग्याम्जो तामाङ, माया तामाङ, बाबुराम शेर्पा, सुवास तामाङ, विकास शेर्पा, लाम्पा शेर्पा, आनन्द विक, विजय लामा, ग्यालसाङ तामाङ, पासाङ तामाङ, मैदीमाया तामाङ, मिक्सार तामाङ, जिम्बा शेर्पा, साङ दोर्जे शेर्पा, नमराज खड्का, छिरिङ लामा, कामी छिरिङ तामाङ, फुलबहादुर तामाङ, कारचुङ तामाङ, डुकछिरी शेर्पा, कारसाङ तामाङ, नवाङ नुर्पे तामाङ,साङ्गे शेर्पा, सिवाङ शेर्पा, पूर्ण तामाङ, सार्की तामाङ, फुपी तामाङ, डुण्डुप तामाङ, मिङमार तामाङ, काइली तामाङ लगायत छन्।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका जनताको जीवनस्तर कांग्रेसबाहेक अरु कसैले उकास्न नसक्ने बताए। उनले नबप्रबेशीहरुलाई उचित जिम्मेवारी दिइने बताए। आफूले जिल्लाको विकासका लागि गरेको कामको .फेहरिस्त सुनाउदै उनले कम्युनिष्ट सरकार गठन भएपछि विकासमा बिराम लागेको उल्लेख गरे। लामो इतिहास भएको कांग्रेसलाई सिध्याउँछु भनेर कसैले सोचेको छ भने त्यसकै पत्तासाफ हुने बस्नेतले चेतावनी दिए।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि मिनकृष्ण महर्जनले कम्युनिस्टको ज्यादति, महंगी र चरम भ्रष्टाचारका कारण जनतामा वितृष्णा जागेको र कांग्रेसमा आफ्नो भबिश्य देखेर आकर्षण बढेको बताए।कार्यक्रममा मार्मिङ एकाई सभापति पासाङ नोर्बु लामाले नेपाली काग्रेसमा यती धेरै प्रवेश गराउनु भएकोमा उहालाई विशेष मुल्याङ्न गर्ने, यसकोलागी केन्द्रमा समेत कुरा पु-याउने मर्हजनले बताउनु भयो । कार्यक्रममा सुनकोशी ६ का वडा अध्यक्ष रामकुमार थापा, हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा लगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम क्षेत्रिय सभापति बालकृष्ण बस्नेतको सभापतित्वमा भएको थियो।