१२ सय नयाँ स्वास्थ्य संस्था निर्माण गरिने

१२ सय नयाँ स्वास्थ्य संस्था निर्माण गरिने

काठमाडौं, २९ पुस । सरकारले चालु आर्थिक बर्ष २०७५/७६ मा १२ सय नयाँ स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ । ७ प्रदेशको २४ सय वडामा स्वास्थ्य संस्था नरहेको अवस्थामा ती वडामा नयाँ स्वास्थ्य संस्था निर्माणका लागि योजना बनाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक संकलन गरी सहरी विकास मन्त्रालयमा पठाएको स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले सीआईएनलाई बताउनुभयो । स्वास्थ्यमा सबैभन्दा पछि परेको कर्णाली प्रदेश र प्रदेश २ मा स्वास्थ्य संस्था निर्माणका लागि विशेष प्राथमिकता दिइएको राज्यमन्त्री डा.यादवले बताउनुभयो ।