

काठमाडौं, २४ पुस । नेपाली काँग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको युवा नेता गगन थापाले जानकारी दिनुभयो ।
काँग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रह समेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् ।
छायाँ सरकार बनाउने काँग्रेसको पहिले देखिकै निर्णय हो । प्रतिपक्षको भूमिका कमजोर भयो कि भन्ने प्रश्न उठेको समयमा काग्रेसले छायाँ सरकार बनाउन लागेको हो ।