अटेरी ट्याक्सी चालकको लाइसेन्स खारेजी गर्न सुरु

अटेरी ट्याक्सी चालकको लाइसेन्स खारेजी गर्न सुरु

काठमाडौं, २७ मंसिर । ट्राफिक प्रहरीले मिटरमा नजाने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्न सुरु गरेको छ । पाँच पटकभन्दा बढी पटक मिटरमा जान नमान्ने ट्याक्सी चाललको अनुमतिपत्र नै निलम्बन गर्न सुरु गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

यातायात व्यवस्था विभागसँगको समन्वयमा यो अभियान सुरु भएको महाशाखाले जनाएको छ । सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न शुरु भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरुप ट्याक्सीबाट कारबाही थालिएको हो । अहिले दैनिकजसो करिब एक सयसम्म ट्याक्सी चालक कारबाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।