

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन आज चितवनको भरतपुरमा केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठक भरतपुरस्थित होटल एिमटीमा दिउँसो १ बजे बस्नेछ। बैठकमा आगामी राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
बैठकका प्रमुख एजेन्डामा राष्ट्रिय महाधिवेशनको तयारी, महाधिवेशन प्रतिनिधिको व्यवस्थापन, विभिन्न प्रतिवेदनमाथिको समीक्षा तथा विधान संशोधनका प्रस्तावहरू रहेका छन्।
रास्वपाले भोलिदेखि चितवनमा आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमार्फत पार्टीको भावी संगठनात्मक दिशा, नेतृत्व संरचना तथा नीतिगत विषयहरू तय गरिने अपेक्षा गरिएको छ।