पोर्टो रिकोकी जेनिफर ब्यारेटो बनिन् मिस युनिभर्स २०२६

पोर्टो रिकोकी जेनिफर ब्यारेटो बनिन् मिस युनिभर्स २०२६
काठमाडौं । पोर्टो रिकोकी जेनिफर ब्यारेटोले मिस युनिभर्स २०२६ को ताज जितेकी छन्। प्रतियोगिताको ७५औँ संस्करण मंगलबार राति पोर्टो रिकोको राजधानी सान जुआनस्थित जोस मिगुएल अग्रेलोट कोलिजियममा सम्पन्न भएको हो।

मिस युनिभर्स २०२५ की विजेता मेक्सिकोकी फातिमा बोशले जेनिफरलाई ताज पहिर्‍याउँदै आफ्नो उत्तराधिकारी घोषणा गरिन्। यस जितसँगै जेनिफरले घरेलु भूमिमा मिस युनिभर्सको उपाधि जितेर इतिहास रचेकी छन्।