

प्रहरी प्रधान कार्यालयका अनुसार सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर र रामेछापलगायतका जिल्ला तथा स्थानमा कार्यरत वा दरबन्दी रहेका प्रहरी कर्मचारीको विवरण समेटिएको छ।
सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सन्तोषजनक कारणसहित सम्पर्कमा नआए प्रचलित प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउनेलगायत विभागीय कारबाही प्रक्रिया अघि बढाइने महाशाखाले चेतावनी दिएको छ।