

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन असोज १६ गते राति १२ बजेदेखि अन्त्य गरेका छन्। राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।
मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्। राष्ट्रपतिको निर्णयसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालू अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ।