एभरेष्ट बैंकको ३२औँ साधारणसभा सम्पन्न, ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित

एभरेष्ट बैंकको ३२औँ साधारणसभा सम्पन्न, ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।

सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। नगद लाभांशमा बोनस शेयरमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

प्रस्तावित बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि श्री जी.पी. राजवाहक एन्ड कम्पनीलाई बैंकको लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ।