

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
सोमबारदेखि ललितपुरको भनिमण्डलस्थित रामबागमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेस भएसँगै सोमबारको बैठक स्थगित गरिएको हो। अब बैठक मंगलबार बिहान ९ बजे पुनः बस्नेछ।
भोलिको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल तथा धारणा राख्ने एमालेले जनाएको छ।