

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा सुरु भएको छ। आइतबारदेखि जारी सचिवालय बैठकको निरन्तरताका रूपमा सोमबार पनि बैठक बसेको हो।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन आइतबार अध्यक्ष केपी शर्मा ओलीसमक्ष पेस गरेपछि सचिवालय बैठक स्थगित भएको थियो। सचिवालयले उक्त प्रतिवेदन ग्रहण गरिसकेको छ।
आजको सचिवालय बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा अन्तिम रूप दिने बताइएको छ। बैठकमा कार्यदलको प्रतिवेदन, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेसहितका विषयमा छलफल हुने जनाइएको छ।
एमालेको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा सुरु हुने तय भएको छ। फागुन २१ गतेको निर्वाचनपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो।