

काठमाडौं । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार थप ११ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार जालीभित्र अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ती शव फेला परेका हुन्। उद्धार टोलीले सबै शव बाहिर निकालिसकेको सेनाले जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ। माथिल्लो त्रिशूली-१ को उक्त टनेलमा अझै थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।