घानालाई पराजित गर्दै कोलम्बिया विश्वकपको अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भिड्ने

घानालाई पराजित गर्दै कोलम्बिया विश्वकपको अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भिड्ने

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको राउन्ड अफ ३२ को खेलमा घानालाई १-० गोलले पराजित गर्दै कोलम्बियाले प्रि–क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो।

कोलम्बियाको जितमा जोन एरियासले गरेको एकमात्र गोल निर्णायक बन्यो। उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। यस जितसँगै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बियाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकपमा सातौँ पटक सहभागिता जनाएको कोलम्बियाले नकआउट चरणमा दोस्रो पटक जित दर्ता गरेको हो। यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो। कोलम्बियाले समूह चरणमा पनि प्रभावशाली प्रदर्शन गर्दै ७ अंकसहित समूह ‘के’ को विजेताका रूपमा राउन्ड अफ ३२ मा स्थान बनाएको थियो।