

काठमाडौं । पोर्चुगलले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। नकआउट चरणको खेलमा क्रोएसियालाई २–१ गोलले पराजित गर्दै पोर्चुगलले प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो।
पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
खेलको ६८औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको अवसर पायो। कप्तान क्रिस्टियानो रोनाल्डोले त्यसलाई सहजै गोलमा परिणत गर्दै टोलीलाई १–१ को बराबरीमा पुर्याए। विश्वकप इतिहासमा रोनाल्डोले नकआउट चरणमा गरेको यो पहिलो गोल हो।
निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयको ९०+४औँ मिनेटमा गोन्कालो रामोसले निर्णायक गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए।
त्यसपछि क्रोएसियाका वैकल्पिक खेलाडी जोस्को ग्भार्डियोलले बल जाली चुमाउँदै खेल २–२ को बराबरीमा ल्याएको जस्तो देखिए पनि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षापछि गोल अफसाइड ठहरियो र पोर्चुगलको अग्रता कायम रह्यो।
यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता, सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको भने यसपटकको विश्वकप यात्रा नकआउट चरणमै समाप्त भएको छ।