विश्वकपको नकआउट चरणमा नेदरल्यान्ड्स-मोरक्को भिड्ने

विश्वकपको नकआउट चरणमा नेदरल्यान्ड्स-मोरक्को भिड्ने

काठमाडौं । फिफा विश्वकप–२०२६ को नकआउट चरणमा नेदरल्यान्ड्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ। समूह ‘एफ’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ गोलअन्तरले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

यससँगै समूह ‘सी’को उपविजेता बनेर नकआउट चरणमा पुगेको मोरक्कोसँग नेदरल्यान्ड्सको भेट पक्का भएको छ। नेदरल्यान्ड्सले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थान हासिल गरेको थियो भने मोरक्कोले उपविजेताका रूपमा नकआउट यात्रा तय गरेको हो। नेदरल्यान्ड्स र मोरक्कोबीचको राउन्ड अफ ३२ को खेल आगामी मंगलबार (३० जुन) नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ।