ब्राजिलसँग जापानको भिडन्त पक्का, विश्वकपको नकआउट चरणमा रोमाञ्चक प्रतिस्पर्धा हुने

ब्राजिलसँग जापानको भिडन्त पक्का, विश्वकपको नकआउट चरणमा रोमाञ्चक प्रतिस्पर्धा हुने

काठमाडौं । फिफा विश्वकप-२०२६ को नकआउट चरणमा ब्राजिल र जापानबीच प्रतिस्पर्धा हुने भएको छ। समूह ‘एफ’ अन्तर्गत सम्पन्न अन्तिम खेलमा जापानले स्विडेनसँग १-१ गोलको बराबरी खेल्दै समूहको उपविजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

यससँगै समूह ‘सी’ को विजेता बनेर नकआउट चरणमा पुगेको ब्राजिलसँग जापानको भेट पक्का भएको छ। दुवै टोलीबीचको खेल विश्वकपको नकआउट चरणकै आकर्षक प्रतिस्पर्धामध्ये एक हुने अपेक्षा गरिएको छ। ब्राजिल र जापानबीचको राउन्ड अफ ३२ को खेल आगामी सोमबार (२९ जुन) नेपाली समयअनुसार राति १०:४५ बजे सुरु हुनेछ।