

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत महिला क्रिकेट छनोटमा नेपालले आज आफ्नो पहिलो खेल चीनविरुद्ध खेल्दैछ। मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ।
छ टोली सहभागी छनोट प्रतियोगिताबाट शीर्ष तीन टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्थान बनाउनेछन्। प्रतियोगिताका टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ चीन र इन्डोनेसिया प्रतिस्पर्धीका रूपमा छन्। यस्तै, समूह ‘ए’ मा आयोजक मलेसियासहित हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।