

काठमाडौं । श्रीलंकामा आयोजना हुने त्रिदेशीय सिरिजका लागि भारत ‘ए’ टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सामाजिक सञ्जाल एक्समार्फत टोली सार्वजनिक गर्दै युवा आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीलाई पनि टोलीमा समावेश गरिएको जनाएको हो ।
यस प्रतियोगितामा भारत ए क्रिकेट टोली, श्रीलंका ए क्रिकेट टोली र अफगानिस्तान ए क्रिकेट टोली बीच प्रतिस्पर्धा हुनेछ । सिरिजको पहिलो खेल जुन ९ मा भारत ‘ए’ र श्रीलंका ‘ए’ बीच हुनेछ भने फाइनल खेल जुन २१ मा आयोजना गरिनेछ ।
भारत ‘ए’ टोलीको कप्तानी तिलक वर्मा ले गर्नेछन् । टोलीमा युवा खेलाडी वैभव सूर्यवंशी, प्रियांश आर्य तथा उपकप्तानका रूपमा रियान पराग रहेका छन् । त्यस्तै टोलीमा आयुष बडोनी, निशान्त सिन्धु, हर्ष दुबे, प्रभसिमरन सिंह, कुमार कुशाग्र लगायतका खेलाडीलाई पनि समावेश गरिएको छ ।