करिब एक दशकपछि ट्रम्प चीन भ्रमणमा

करिब एक दशकपछि ट्रम्प चीन भ्रमणमा
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । बीबीसीका अनुसार चीन प्रस्थानअघि उनले इरानसँगको तनाव अन्त्य गर्न चीनको सहयोग आवश्यक नपर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग विभिन्न विषयमा विस्तृत छलफल हुने जानकारी दिए । उनले भने, “हामीसँग छलफल गर्न धेरै विषय छन् । स्पष्ट रूपमा भन्नुपर्दा इरान अहिले हाम्रो मुख्य एजेन्डामा छैन, किनभने इरान हाम्रो नियन्त्रणमा आइसकेको छ ।”

इरानप्रति चेतावनी दोहोर्‍याउँदै ट्रम्पले “या त सम्झौता हुनेछ, अन्यथा इरान नष्ट हुनेछ” भन्ने अभिव्यक्ति दिएका छन् । यसअघि चीनको विदेश मन्त्रालयले ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमणमा रहने जनाएको थियो । करिब नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपति चीन भ्रमणमा गएका हुन् ।