

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
स्थितकीर्तिपुरस्थित टियु मैदानमामा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ। तर, मौसम प्रतिकूल रहन सक्ने भएकाले वर्षाले खेल प्रभावित पार्ने सम्भावना रहेको छ।
घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा यूएईलाई ३७ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। यता, ओमान भने यूएईसँग २५ रनले पराजित हुँदै आजको खेलमा दबाबमा मैदान उत्रिनेछ।
लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट ६ जितसहित सातौँ स्थानमा छ। ओमान भने २५ खेलबाट १३ जित निकाल्दै २९ अंकसहित तेस्रो स्थानमा रहेको छ।