काठमाडौं । माल्दिभ्समा हुने साफ यू–२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ।
मंगलबार नेपाली राष्ट्रिय यू–२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले धरवेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजै खेलाडीहरूको नाम सार्वजनिक गरेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले माल्दिभ्समा मार्च २३ देखि अप्रिल ४ सम्म प्रतियोगिता आयोजना गर्दै छ।
प्रतियोगितामा नेपालसहित साफका सातै सदस्य राष्ट्रको सहभागिता रहनेछ। नेपाल समूह ‘बी’मा रहेको छ, जहाँ भारत पनि समावेश छ। समूह ‘ए’मा बंगलादेश र माल्दिभ्स छन् भने समूह ‘सी’मा भुटान, श्रीलंका र पाकिस्तान रहेका छन्।
नेपाली टिम
अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उर्न, विज्ञान खड्का, विनय ठाकुर, धरवेन्द्र कुँवर (कप्तान), गणेश पुलामीमगर, जोन विष्ट, निशानराज लवट, पवन पाख्रिन, पेम्बानोर्बु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविनकुमार लुगेंलीमगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल।





