

काठमाडौं । बंगलादेश मा सम्पन्न संसदीय निर्वाचनमा चर्चित उम्मेदवार तास्निम जारा पराजित भएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमा करिब ७५ लाख फलोअर्स रहेकी जारा ढाका क्षेत्र नम्बर ९ बाट चुनावी मैदानमा उत्रिएकी थिइन्। भकुन्डो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेकी उनले ४४ हजार ६ सय ८४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन्।
उक्त क्षेत्रमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का उम्मेदवार हाबिबुर रसिद विजयी भएका छन्। धानको बाला चुनाव चिह्नसहित प्रतिस्पर्धा गरेका रसिदले १ लाख ११ हजार २ सय १२ मत प्राप्त गरेका छन्।
३१ वर्षीया जारा पेशाले चिकित्सक हुन्। उनी बंगलादेशको विद्यार्थी आन्दोलनबाट उदाएकी नेतृका रूपमा परिचित छिन् र यस निर्वाचनमा बलियो उम्मेदवारका रूपमा चर्चा गरिएको थियो।