

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बुधबार सुदूरपश्चिम प्रदेशका चार जिल्ला डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी जनसम्पर्क कार्यक्रम गर्ने भएका छन्।
कार्यक्रमको पहिलो चरण डडेलधुराको तुफानडाँडास्थित घण्टिघरमा बिहान ९:३० बजे सुरु हुनेछ। त्यसपछि बालेन अपरान्ह १२:३० बजे बैतडीको पाटनस्थित पार्टी सम्पर्क कार्यालय पुगेर पार्टी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ।
त्यसैगरी, दिउँसो ४ बजे दार्चुलाको गोकुलेस्थित पार्टी सम्पर्क कार्यालयमा स्थानीय जनतासँग संवाद गर्नेछन् भने साँझ ८ बजे बझाङको बुङ्गलमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम सम्पन्न गर्नेछन्।
यसअघि मंगलबार बालेन शाहले कैलाली र कञ्चनपुरमा पनि जनसम्पर्क तथा अभिवादन कार्यक्रम सम्पन्न गरिसकेका छन्।