अमेरिकाद्वारा भेनेजुएलामा हवाई आक्रमण, राजधानी काराकाससहित चार सहर निशानामा

अमेरिकाद्वारा भेनेजुएलामा हवाई आक्रमण, राजधानी काराकाससहित चार सहर निशानामा

काठमाडौं । अमेरिकाले शनिबार मध्यराति भेनेजुएलाको राजधानी काराकाससहित चार सहरमा हवाई आक्रमण गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार काराकास, मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा रहेका सैन्य अड्डाहरूलाई लक्षित गर्दै सात पटक हवाई हमला गरिएको हो।

स्थानीय समयअनुसार पहिलो आक्रमण बिहान करिब २ बजेतिर भएको जनाइएको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र रहेका सैन्य पूर्वाधार र प्रमुख स्थानहरूमा आक्रमण गर्न आदेश दिएका थिए।

भाइरल भएका केही भिडिओमा सहरमाथि नजिकै करिब १० वटा हेलिकप्टर उडिरहेको देखिन्छ। आक्रमणबाट भएको क्षति र मानवीय अवस्थाबारे आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन।