नेप्से परिसूचक २.३५ अंकले घट्यो

नेप्से परिसूचक २.३५ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कर्मचारी आन्दोलनका कारण बिहीबार सुस्तायो। बजार बन्द हुँदा नेप्से परिसूचक २.३५ अंकले घटेर २ हजार ६५२ विन्दुमा पुगेको छ।

कारोबार रकम पनि उल्लेख्य घट्दै आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँमा सीमित रह्यो।

आजको कारोबारमा १०७ कम्पनीको शेयरमूल्य बढ्दा १३९ वटाको घट्यो। यसबीच, हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले सर्वाधिक कमाए।

उता, सिटी होटल लिमिटेडको शेयरमूल्य ७.५५ प्रतिशतले घट्दा लगानीकर्ताले सबैभन्दा बढी गुमाए। कारोबारका हिसाबले नेपाल रि–इन्स्योरेन्स कम्पनी अगाडि रह्यो, जसको कारोबार मात्र ३० करोड ९० लाख रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।