टी-२० आई सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि यूएई जाने

टी-२० आई सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि यूएई जाने

काठमाडौँ । वेस्ट इन्डिजसँगको टी-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार यूएई प्रस्थान गर्ने तयारीमा रहेको छ। नेपालको पछिल्लो राजनीतिक परिस्थितिका कारण यूएईले भिसा जारीमा एक साता ढिलाइ गरेको हो।  आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत हुने गरेको भए पनि यसपटक ढिलाइ भएको हाे ।

भिसामा ढिलाइ भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो। नेपाल क्रिकेट टिमका म्यानेजर विनोद दासले भिसा प्रक्रिया आजै टुंगिने र टोली सोमबार यूएई प्रस्थान गर्ने तयारीमा रहेको जानकारी दिएका छन्।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० आई सिरिज खेल्न लागेको हो। सिरिज सेप्टेम्बर २७, २९ र ३० मा खेलिनेछ। दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्।

साथै, युनिटी कपका लागि अनलाइन टिकट खुला भइसकेको छ र क्यानले टोलीलाई बिहीबार नै बिदाइ गरिसकेको छ।