संसद् विघटन असंवैधानिक भएको कांग्रेस कार्यसम्पादन समितिको निष्कर्ष

संसद् विघटन असंवैधानिक भएको कांग्रेस कार्यसम्पादन समितिको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गरेको छ।

शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै यसबारे अन्य राजनीतिक दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ। साथै, दशैंअघि केन्द्रीय समिति बैठक बोलाउने निर्णय पनि गरेको छ।

जेनजी आन्दोलनपछि पहिलोपटक औपचारिक बैठक बसेको हो। आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरेपछि क्षतिग्रस्त बनेको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक आयोजित गरिएको हो।

यसअघि आन्दोलनपश्चात कार्यसम्पादन समितिको बैठक केवल भर्चुअल रूपमा मात्रै बसेको थियो।