

काठमाडौं । देवीनगर क्लवको आयोजनामा आन्तरिक व्याडमिन्टन प्रतियोगीता २०८२ बुधबारबाट सुरु भएको छ । काठमाडौंको बानेश्वर–१० मा सुरु प्रतियोगीतामा क्लवका खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगीतामा समूह ए मा ८ र समूह बी मा ६४ टीम सहभागी छन् । प्रतियोगीताको अभिनेता दयाहाङ राईले उद्घाटन गरेका हुन् । सो अवसरमा अभिनेता राइले युवाहरुको आन्दोलनका कारण मुलक नयाँ चरणमा प्रवेश गरेको भन्दै लक्ष्य अनुसार सरकार अघि बढ्ने विश्वास व्यक्त गरे ।
प्रतियोगीता असोज ६ गते समापन हुने आयोजकले जनाएको छ । सोहि दिन नै प्रतियोगीताको बिजयीहरुलाई पुरस्तकार बितरण हुने देवीनगर क्लवका अध्यक्ष सुरज कुमार घुन्डेले जानकारी दिए । क्लवले दशैतिहारका अवसरमा हरेक बर्ष आन्तरिक व्याडमिन्टन प्रतियोगीता गर्दै आएको छ । सन २०१५ मा स्थापना भएको क्लवले व्याडमिन्टन खेलको बिकास र प्रवद्र्धनका साथ साामाजिक कार्यमा समेत योगदान दिदै आएको छ ।
