राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएककाे गभर्नर पौडेलको खुलासा

राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएककाे गभर्नर पौडेलको खुलासा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले एक पडकास्टमा बोल्दै उक्त तथ्य सार्वजनिक गरेका हुन् । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको नगद र सुन चोरी भएको हो ।

गभर्नर पौडेलले भने, ‘संसद भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंक शाखाबाट ठूलो परिमाणमा लुटपाट भएको छ । ५ करोड नगद र १८ किलो सुन चोरी भएको छ ।’

उनका अनुसार यसबारेमा बैंकको सिसिटिभी फुटेज हेरेर अनुसन्धान भइरहेको छ । साथै आन्दोलनका क्रममा बैंकिङ प्रणालीलाई जोगाइ राख्न राष्ट्र बैंक विशेष चासोमा रहेको र त्यसबेला पेमेन्ट सिस्टमलाई निरन्तरता दिन समग्र बैंकिङ क्षेत्र तैनाथ गरिएको पनि उनले जानकारी दिए ।

आन्दोलनका क्रममा ६८ वटा बैंकका शाखा कार्यालयमाथि आक्रमण भएको र ६९ वटा एटिएममा क्षति पुगेको भए पनि समग्र बैंकिङ प्रणाली भने सामान्य अवस्थामा रहेको गभर्नर पौडेलले स्पष्ट पारेका छन् ।