दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि

दशैंको अग्रिम टिकट बुकिङ भोलिदेखि

काठमाडौं, ८ असोज । दशैँका लागि उपत्यकाबाट बाहिरिनेहरूका लागि नेपाल यातायात व्यवसायी महासंघले अग्रिम टिकट बुकिङ भोलिबाट खुलाउने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी महासंघको आज बसेको बैठकले याे निर्णय गरेको हो । भाडा वृद्धिको माग गर्दै आएको महासंघले सरकारले १० प्रतिशत भाडा बढाउन सहमत भएपछि भोलिबाट टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।