प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन र पुनर्निर्माण घोषणा

प्रचण्डद्वारा पार्टी कार्यालयको अवलोकन र पुनर्निर्माण घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।

पेरिसडाँडामा रहेको पार्टी कार्यालय प्रदर्शनकारीले जलाएपछि प्रचण्डले देशभरका पार्टी कार्यकर्ताको सहयोगमा अब भव्य नयाँ कार्यालय भवन निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्।

आगजनीबाट कार्यालयमा रहेको पुस्तकालय भने सुरक्षित रहेको छ। साथै, कार्यालयका कम्प्युटरहरू पनि क्षतिबाट बचाइएको जानकारी प्राप्त भएको छ।