प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरेर उनलाई पदभार ग्रहण गराइएको हो। पदभार ग्रहण समारोहमा मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूले स्वागत गरेका थिए।

पदभार ग्रहण गर्नुअघि कार्कीले शहीद गेटमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

जेनजी आन्दोलनको दबाब र सहमतिका आधारमा शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सिंहदरबारको नयाँ भवनबाट आफ्नो कार्यकाल सुरु गरेकी हुन्।