त्रिवि क्याम्पसमा छठपछि मात्र पढाइ सुरु हुने

त्रिवि क्याम्पसमा छठपछि मात्र पढाइ सुरु हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपर्वपछि मात्रै पढाइ सुरु हुने भएको छ।

असामान्य परिस्थितिका कारण नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ। कार्तिक १० गते छठपर्व पर्छ।

सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ। नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।”

जेनजी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको शैक्षिक गतिविधि ठप्प भएको छ।