त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, सबै उडान प्रभावित

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द, सबै उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ। विषम परिस्थितिका कारण यस्तो निर्णय गरिएको विमानस्थल कार्यालयले जनाएको हो।

कार्यालयले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म विमानस्थल नखुल्ने स्पष्ट पारेको छ।

यसअघि विमानस्थल आज दिउँसो १२ बजे खोल्ने तयारी भए पनि अवस्था नियन्त्रणमा नआएकाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका छन्।