जेन-जी आन्दोलनमा १९ जनाको मृत्यु, ३४७ घाइते

जेन-जी आन्दोलनमा १९ जनाको मृत्यु, ३४७ घाइते

काठमाडौं। काठमाडौंको बानेश्वर केन्द्रित जेन-जी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। इटहरीमा दुई जनाको मृत्यु भएको थप विवरणसँगै यो संख्या पुगेको हो।

अस्पतालमा मृत्यु र घाइतेको अवस्था यसप्रकार छः

  • ट्रमा सेन्टर: ८ मृत्यु, ५९ घाइते (१० जना गम्भीर, टाउको र छातीमा गोली)

  • एभरेस्ट अस्पताल: ३ मृत्यु, १०२ घाइते (४ जना गम्भीर)

  • सिभिल अस्पताल: ३ मृत्यु, १०० घाइते

  • केएमसी: २ मृत्यु, ३७ घाइते

  • त्रिवि शिक्षण अस्पताल: १ मृत्यु, १८ घाइते

  • वीर अस्पताल: ६ घाइते

  • पाटन अस्पताल: ४ घाइते

  • नर्भिक: ३ घाइते

  • बीपी प्रतिष्ठान: २ घाइते

  • गण्डकी मेडिकल कलेज: १ घाइते

  • विराट मेडिकल कलेज: ४ घाइते

  • दमक अस्पताल: ७ घाइते

हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने विभिन्न अस्पतालमा ३४७ जना घाइते उपचाररत छन्।

भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन-जी प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। प्रदर्शन काठमाडौंसहित देशका प्रमुख सहरमा फैलिएको छ।