

काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल आजैदेखि बन्द गर्ने निर्णय गरेको छ ।
आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरणमा आउन निर्देशन दिएको थियो ।
तर तोकिएको समयसम्म सूचीकरण नभएपछि सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेको हो ।