१०० वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिको भेट

१०० वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिको भेट

काठमाडौं, ७ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरे अाज एक सय वर्ष पुग्नुभएकाे छ । एक सय वर्ष पुग्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गर्नुभएको छ । उहाँकै निवासमा पुगेर राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेलाई भेट्नु भएको हो । राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकवि घिमिरेलाई एक सय वर्ष पुगेको अवसरमा भेट्न जानु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिनको उपलक्ष्यमा उहाको निवास लैनचौरमा शुभकामना दिनु हुदै । तस्बिर : प्रदीपराज वन्त,रासस

राष्ट्रकवि घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिनुभएको हो । 

एक सय वर्ष पुग्नुभएका राष्ट्रकवि घिमिरेले सय वर्ष पुगेको अवसरमा आफ्नो निवासमा पूजापाठ गरेर आफन्तहरुसंग सय बसन्त मनाइरहनुभएको छ ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०० औं जन्मदिनको उपलक्ष्यमा उहाको निवास लैनचौरमा पुजा गर्नु हुदै । तस्बिर : प्रदीपराज वन्त,रासस

राष्ट्रकवि घिमिरे लमजुङमा जन्मनुभएको हाे । राष्ट्रकवि माधवप्रसाद घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मनुभएको हो । उहाँले कवितासंगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ । उहाँले कवितासँगै गीत, नाटक, खण्डकाव्य लेख्नुभएको छ ।