नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्वस्थ, गंगालालमा उपचाररत

नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ अस्वस्थ, गंगालालमा उपचाररत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रन्जिता श्रेष्ठ अस्वस्थ भइ उपचाररत छिन् । मुटुमा अचानक समस्या देखिएपछि उनी हिजोदेखि गंगालाल हृदय रोग केन्द्रमा भर्ना भएकी हुन् । प्रदेश सांसद कैलाश चौधरीका अनुसार अध्यक्ष श्रेष्ठको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख छ । अघिल्लो वर्ष पनि उनको मुटुको शल्यक्रिया गरिएको थियो ।