महिला संघले अाज देशभर विराेध प्रर्दशन गर्दै

महिला संघले अाज देशभर विराेध प्रर्दशन गर्दै

काठमाडाैं, ७ असाेज । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारबाहीका लागि दबाब दिन नेपाल महिला संघले आज ७७ ओटै जिल्लामा प्रदर्शन गर्ने भएको छ । निर्मला पन्त हत्याको दोषी पत्ता लगाइ कारबाही गर्नुपर्ने र देशमा दिनानुदिन बढ्दै गएको महिला हिंसाको विरोधमा आज देशभर विरोध गर्न लागेको अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयाे ।

सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाई तत्काल यस प्रकारका घटनामा कारबाही गर्ने प्रणाली बनाउन दबाब दिन लागिएको महिला संघले जनाएको छ । साथै दिनप्रतिदिन बढ्दै गएको महंगीलगायतका विषयमासमेत प्रदर्शन गर्न लागिएको महिला संघले जनाएको छ ।