विद्यालय शिक्षा विधेयकको प्रावधान विरोधमा चक्रपथमा स्कुल बस र्‍याली

विद्यालय शिक्षा विधेयकको प्रावधान विरोधमा चक्रपथमा स्कुल बस र्‍याली

काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधनको मागसहित निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा स्कुल बससहित र्‍याली निकालेका छन्।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त आयोजनामा गरिएको र्‍यालीमा विद्यालयका पहेँला बसहरूको लामो लस्करले चक्रपथको एक लेन ओगटेको थियो।

विद्यालय शिक्षा विधेयकमा समेटिएका ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक’ बनाउने प्रावधान अस्वीकार गर्दै ती प्रावधान हटाउनुपर्ने मागसहित प्रदर्शन गरिएको हो।

सम्बन्धित समितिबाट पारित भइसकेको विधेयक सच्याउन दबाब सिर्जना गर्ने उद्देश्यले विद्यालय सञ्चालकहरूले यो र्‍याली आयोजना गरेका हुन्।