

क्वालालम्पुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलका अनुसार सबै पदमा एकल उम्मेदवारी परेकोले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।
अध्यक्षमा इन्द्रनारायण लिम्बु निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा दिलकुमार केरुङ निर्विरोध बनेका छन्। उपाध्यक्षहरूमा श्रद्धा देवान, बालधोज लिम्बु, टिकाराम अधिकारी, विष्णु चौधरी, बिनोदकुमार यादव र बिमलकुमार राना चयन भएका छन्। महिला उपाध्यक्षमा शान्ति थापा निर्वाचित भएकी छन्।
युवा संयोजकमा मातृका खतिवडा र महिला संयोजकमा इन्दु बस्नेत निर्विरोध बनेका छन्। महासचिवमा प्रमोद शर्मा, सचिवमा रामकृष्ण कार्की र सबिनकुमार लोप्चन निर्वाचित भए। सह–सचिवमा विकेन्द्र लिम्बु मादेन, कोषाध्यक्षमा सन्तोष केसी र सह–कोषाध्यक्षमा राम खड्का निर्विरोध निर्वाचित भएका छन्।
कार्यसमिति सदस्यहरूमा बिशाल नेगी, रामबहादुर गुरुङ, अर्जुनबहादुर कार्की, सुमन कार्की, जयराम तिमिल्सिना, भेखबहादुर घिमिरे, इश्वरकुमार आले मगर, प्रकाश गिरि, सायम्पा घले, प्रमोदकुमार महत्तो, जयप्रकास साह, डिल्ली न्यौपाने, सेरबहादुर गुरुङ, सन्जीप लिम्बु, दिपक थापा, राजेन्द्र लिङ्देन, रामबहादुर चन्द, राजेन्द्र घिमिरे, सन्तोष अधिकारी, शिबशंकर साह, मणिकुमार थापा, सुरज श्रेष्ठ, जितेन्द्रकुमार साह, शिव थापा, राजु श्रेष्ठ, पासाङ लामा, भोजकुमारी सुबेदी र कृष्णबहादुर खत्री रहेका छन्।
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। एनआरएनए मलेसियाको अधिवेशन भने आइतबार हुने तय भएको छ।