‘महावतार नरसिंहा’ : सबैभन्दा बढी कमाउने एनिमेटेड फिल्म

‘महावतार नरसिंहा’ : सबैभन्दा बढी कमाउने एनिमेटेड फिल्म

हैदरावाद । साउथको एनिमेटेड फिल्म महावतार नरसिंहा रिलिज भएको एक महिना नाघिसक्दा पनि यसको बक्स अफिस चमक अझै मन्द भएको छैन। ३५ दिनसम्म पनि फिल्मले दैनिक १ करोडभन्दा कम कमाउन परेको छैन, जुन आफ्नै किसिमको उपलब्धि हो।

३५ दिनसम्म भारतमा मात्र २३८.२५ करोड कमाएको फिल्मको कुल भारतीय कलेक्सन २८२.१५ करोड पुगेको छ। विश्वव्यापी हिसाबले यसले ३०९.४० करोड कमाइसकेको छ, जसमा २६.१० करोड ओभरसिज कलेक्सन सामेल छ।

यससँगै महावतार नरसिंहा अहिले सम्मकै सबैभन्दा बढी कमाउने भारतीय एनिमेटेड फिल्म बनेको छ। अब यसले अल्लु अर्जुनको पुष्पा: पार्ट १ (३६० करोड) र अजय देवगनको तानाजी (३५८ करोड) लाई चुनौती दिने संकेत देखाएको छ।

यदि आगामी दुई सातासम्म पनि फिल्मले अहिलेकै कमाइको प्रवाह कायम राख्न सफल भयो भने, पुष्पा र तानाजी दुबैको रेकर्ड तोड्ने सम्भावना बलियो बनेको छ।