सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड

सुनको मूल्यमा हालसम्मकै उच्च रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बुधबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला २,३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर २,३४५ रुपैयाँमा कारोबार भइरहेको छ।