

पाटन । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावारीमा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । कार्यक्रममा भ्वाइसतर्फ प्रथम गुरुङ र डान्सतर्फ रिस्ता गुरुङ विजेता घोषित भएका छन् ।
विजेताले जनही एक करोड नगद, २५ लाख बराबरको जीवन बीमा, हवाई टिकटसहित विभिन्न पुरस्कार प्राप्त गरे ।
‘मेरो डान्स युनिभर्स’ तर्फ अमृता राई फस्ट रनरअप हुँदै २५ लाख नगद र २० लाख बराबरको बीमा, सीतु महर्जन सेकेन्ड रनरअप भई १० लाख र १५ लाख बराबरको बीमा, सुरज सिंजाली मगर थर्ड रनरअप भई ६ लाख र १० लाख बराबरको बीमा, सुशना कोइराला फोर्थ रनरअप भई ५ लाख र १० लाख बराबरको बीमा तथा साजन पाख्रिन तामाङ फिफ्थ रनरअप भई ४ लाख र १० लाख बराबरको बीमा प्राप्त गरे ।
त्यस्तै, ‘मेरो भ्वाइस युनिभर्स’ तर्फ टोपराज तामाङ फस्ट रनरअप भई २५ लाख नगद र २० लाख बराबरको बीमा, जुनु प्रसाईँ सेकेन्ड रनरअप भई १० लाख र १५ लाख बराबरको बीमा, वाङ्गे गुरुङ थर्ड रनरअप भई ६ लाख र १० लाख बराबरको बीमा, प्रशान्त पोखरेल फोर्थ रनरअप भई ५ लाख र १० लाख बराबरको बीमा तथा दीपराज राई फिफ्थ रनरअप भई ४ लाख र १० लाख बराबरको बीमा प्राप्त गरे ।
कल्चरल ग्रुप डान्सतर्फ भुटनिज रेफुजी डान्स ग्रुप विजेता बनेर २५ लाख र गिफ्ट ह्याम्पर हात पार्यो । फस्ट रनरअपमा मनास्लु वर्ल्ड कलेज (१५ लाख), सेकेन्ड रनरअपमा युमा महारानी नृत्य समूह (१० लाख), थर्ड रनरअपमा नेपाल प्रहरी (५ लाख) र फोर्थ रनरअपमा तरेली सांस्कृतिक समूह (३ लाख) विजेता बने ।
विजेताहरुलाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।