

काठमाडौं, ५ असोज । एएफसी १६ वर्ष मुनिकाे महिला च्याम्पियनसिप छनौट फुटबलमा नेपालले अाज म्यानमारसँग प्रस्पिर्धा गर्दै छ । नेपाल र म्यानमारबीचको खेल काठमाडौंको हलचोक मैदानमा अपरान्ह सवा ३ बजेदेखि शुरुहुने छ । अाजै पहिलो खेलमा फिलिपिन्स मलेसिया आमने सामने हुनेछन् ।
पहिलो खेलमा नेपाल फिलिपिन्सँग ४–०ले पराजित भएकाले अाजको खेल जित्नै पर्ने दबाबमा रहने छ । म्यानमारले पहिलो खेलमा मलेसियालाई ३–० ले पराजित गर्दै शुखद सुरुआत गरेको थियो ।