शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर

शाहरूखको छोराको बलिउडमा डेब्यु, हेर्नुहाेस् पहिलो पोस्टर

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानका जेठा छोरा आर्यन खानले बलिउडमा आधिकारिक यात्रा सुरु गरेका छन्। तर उनले अभिनेताका रूपमा नभई निर्देशकको रूपमा आफ्नो करियर अघि बढाउन लागेका हुन्।

आर्यनले निर्देशन गरेको आगामी वेब सिरिज ‘ब्याड्स अफ बलिउड’ को पहिलो टिजर केही दिनअघि सार्वजनिक भइसकेको थियो। अहिले भने सिरिजको पहिलो पोस्टर समेत सार्वजनिक भएको छ, जसमा सम्पूर्ण स्टार कास्टको खुलासा गरिएको छ।

ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आर्यन खान निर्देशित ‘ब्याड्स अफ बलिउड’को पोस्टर सार्वजनिक गर्दै सिरिजको प्रिभ्यू पनि रिलिज गरेको छ।

पोस्टरसँगै नेटफ्लिक्सले लेखेको छ- “पर्दा झर्ने प्रतीक्षा गर्दै हुनुहुन्छ ? यो शो पर्दासँगै आउँदैछ- द ब्याड्स अफ बलिउड।”

यससँगै आर्यन खानको बलिउड डेब्यु औपचारिक रूपमा तय भएको छ र अब उनी निर्देशकको हैसियतमा कस्तो प्रभाव पार्छन् भन्ने उत्सुकता बढेको छ।